पेट्रोलियम पदार्थको मूल्य वृद्धि, आज राति १२ बजेदेखि लागू
काठमाडौँ, २९ कात्तिक। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँले मूल्य बढाइएको हो।
नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारतीय आयल निगमबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा प्रतिलिटर वृद्धि भएर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै नेपाल आयल निगमले न्यूनतम दरमा मात्र मूल्य समायोजन गरेको जनाएको छ।
नयाँ मूल्य लागू भएपछि आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको हो।