सुनको मूल्यमा एकैदिन ४ हजार ९०० रुपैयाँको उछाल
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ९०० रुपैयाँले वृद्धि भएपछि छापावाल सुनको मूल्य २ लाख ४६ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ मात्र थियो। एकैदिन ठूलो मात्रामा वृद्धि भएपछि बजारमा सुनको कारोबारमा चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ३ हजार १५ रुपैयाँमा रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ३ हजार ६५ रुपैयाँ पुगेको छ। सुन र चाँदी दुवैको मूल्यमा आएको वृद्धिले बजारमा लगानीकर्ताको ध्यान पुनः बहुमुल्य धातुतर्फ आकर्षित भएको बताइन्छ।