कांग्रेसको चुनावअघि नीति महाधिवेशन सुझाव
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आमनिर्वाचनअघि पार्टीले नीति महाधिवेशन गर्न सुझाव दिएका छन्।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत सदस्यको मागलाई समेट्दै चुनावअघि नै नीति महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका हुन्। कार्कीले विकास, स्थायित्व, समृद्धि र संविधान रक्षाका लागि पार्टीले सक्रिय भूमिका खेल्नुपर्ने बताए।
सभापति शेरबहादुर देउवाले पनि ५४ प्रतिशत सदस्यले विशेष महाधिवेशन माग गरेको भन्दै यसलाई नीति महाधिवेशनमा परिणत गरेर चुनावअघि सम्पन्न गर्न सुझाव दिएका छन्। उनले सुशासन, शिक्षा र जनजीवन सुधारका विषयमा नीति बनाउने र देशभरका पार्टी सदस्यलाई यसका लागि आग्रह गर्नुपर्ने बताए।