केसीको आरोप: कांग्रेस सिंगापुरबाट निर्देशित
काठमाडौं — नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता जगदिश्वरनरसिंह केसीले पार्टी केन्द्रीय कार्यालय सानेपा निरीह बन्न पुगेको आरोप लगाएका छन्।
काठमाडौंको थापागाउँमा महाधिवेशन पक्षधरहरूले आयोजना गरेको विशेष भेलामा बोल्दै केसीले जेन–जी आन्दोलनपछि गम्भीर घाइते भएका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू राणा उपचारका लागि सिंगापुर पुगेको उल्लेख गर्दै पार्टी सिंगापुरबाट निर्देशित भैरहेको बताए।
केसीका अनुसार, “सानेपा निरीह छ। सिंगापुरबाट चलेको छ। सिंगापुरबाटै निर्देशित छ। निर्वाचनमा आफू अनुकूल टिकट वितरणका लागि देउवा दम्पत्ति फर्कने अनि चुनावमा जाने तयारी गरिरहेका छन्।”
उनले पार्टीभित्रको निर्णय प्रक्रिया कमजोर भएको र बाह्य प्रभाव बढेको भन्दै विशेष ध्यान दिनुपर्ने चेतावनी पनि दिएका छन्।