एमाले महासचिव पोखरेल: पार्टी सक्षम, राष्ट्रलाई संकटबाट उकास्न तयार
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई वर्तमान संकटबाट उकास्न आफ्नो पार्टी सक्षम रहेको बताएका छन्।
बाँके जिल्ला कमिटीले आज नेपालगञ्जमा आयोजना गरेको जनसभामा महासचिव पोखरेलले पार्टी क्रियाशील र निर्णायक राष्ट्रिय शक्ति बन्ने अभियानमा रहेको बताए। उनले राष्ट्रलाई संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
पोखरेलले प्रतिनिधिसभा पुनःस्थापनाबाट देशको संकट टार्न सकिने र युवाहरूका माग सम्बोधन गर्न सकिने विश्वास व्यक्त गरे।