नेपालमा आइतबार सुन २९ सयले महँगियो, चाँदी पनि बढ्यो
काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर २ लाख ४४ हजार ६०० रूपैयाँ पुगेको छ।
शुक्रबार यो मूल्य तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ थियो।
यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको महासंघले जनाएको छ। शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ रहेको चाँदी आइतबार ३५ रुपैयाँले बढेर ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ।