माओवादी केन्द्र रौतहटका इन्चार्ज अशोक जयसवालले छाडे पार्टी
नेकपा (माओवादी केन्द्र) रौतहटका इन्चार्ज तथा केन्द्रीय सदस्य अशोक जयसवालले पार्टी परित्यागको घोषणा गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जयसवालले अब आफू प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा नरहने स्पष्ट गरेका हुन् ।
उनले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच हालै भएको पार्टी एकतालाई “औचित्यहीन, अपरिपक्व, अर्थहीन र उद्देश्यविहीन” भन्दै त्यसको कडा आपत्ति जनाएका छन् ।