विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै
विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठक दिउँसो १ बजेका सचिवालयको भवनमा बोलाइएको हो। बैठकमा मन्त्रालयहरूबाट प्राप्त विधेयकहरूमा भइरहेको प्रगतिबारे छलफल हुने बताइएको छ। साथै, नयाँ विधेयक दर्ता, अध्ययन र पारित प्रक्रिया तीव्र बनाउन समितिले आन्तरिक कार्यविधि समीक्षा गर्ने कार्यक्रमसमेत रहेको छ।
समितिका सदस्यहरूका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ।