जेनजीको प्रदर्शनले सिमरा उडान प्रभावित, एमाले नेता महेश बस्नेतको यात्रा रोकियो
काठमाडौँ। एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँ–सिमरा उडान प्रभावित भएको छ। विरोधका कारण आज तय भएको सिमरा जाने विमानको उडान रोकिएको हो।
सिमरा विमानस्थलमा प्रदर्शन भएको र यात्रुहरूलाई विमानमा चढ्न रोकिएको जानकारी एक यात्रु राजन कुइँकेलले दिएका छन्। विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता रहेका थिए।
महेश बस्नेत आज मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन बारामा जाने कार्यक्रम तय भएको थियो। तर, जेनजी समूहले त्यसको विरोध गरेपछि उनका लागि उडान रोकिएको हो।