मधेस सरकारमा सहभागिता राप्रपाको, मन्त्री फिर्ता बोलाउने लिङ्देनको निर्देशन
मधेस प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सहभागी भएको छ। नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा बनेको सरकारले राप्रपाबाट कञ्चन विच्छालाई मन्त्री बनाएको हो।
तर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई ‘अनुशासनको गम्भीर उल्लंघन’ भन्दै मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्यथा विधानबमोजिम कारबाही हुनेछ।’
गत भदौ २४ गते राप्रपाका सबै सांसदले सामूहिक राजीनामा दिएका थिए। उनीहरूमध्ये एक अहिले मन्त्री बनेका हुन्।
आइतबार अबेर राति प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।