दुर्गा प्रसाईं समूह गृहमन्त्रीसँग वार्ताका लागि सिंहदरबारमा
काठमाडौं । दुर्गा प्रसाईं संयोजक रहेको *नागरिक बचाउ महाअभियान*को टोली बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ताका लागि सिंहदरबार पुगेको छ ।
अभियानको तर्फबाट केन्द्रीय प्रवक्ता माधव कल्पितको नेतृत्वमा टोली गृह मन्त्रालय पुगेको हो । तर, संयोजक दुर्गा प्रसाईं स्वयं वार्तामा सहभागी भएका छैनन् ।
प्रसाईंले आगामी मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । त्यसअघि गृहमन्त्रालयले वार्ताका लागि आजको मिति तय गरेको हो ।
यसअघि प्रसाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत वार्ताका लागि समय मागेका थिए । सोही अनुसार मन्त्रालयले काठमाडौं प्रशासनमार्फत नै वार्ताको समय उपलब्ध गराएको हो ।