कांग्रेसमा विशेष महाधिवेशन विवाद: गगन–विश्वप्रकाश पक्ष कानुनी परामर्शमा
काठमाडौं – नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर विवाद चर्किँदै गएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितको पक्षले कानुनी परामर्शमा जुटेको छ।
पार्टीभित्र विशेष महाधिवेशन माग गर्दै ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर बुझाइसकेका छन्। तर संस्थापन पक्षले हस्ताक्षरको वैधतामा प्रश्न उठाएपछि गगन–विश्वप्रकाश पक्ष कानुनी सल्लाह लिइरहेको हो।
संस्थापन पक्षको अडान छ कि फागुन २१ मा हुने चुनावअघि नियमित वा विशेष महाधिवेशन सम्भव छैन। तर महामन्त्री थापा र शर्मा पक्षको अडान छ कि पुस २९ भित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने छ। यस विषयमा डा. शेखर कोइरालाले समेत समर्थन जनाएका छन्।
आज भिमसेनगोलामा आनन्द ईभेन्ससँग केही बेरमा हुने अन्तरक्रियामा यो विषयमा छलफल हुने बताइएको छ। कांग्रेसको बैठकमा विवाद चर्किँदै जाँदा आगामी रणनीति निर्धारण गर्ने काम सुरु भएको छ।