एमाले अध्यक्ष ओलीले दिए युवालाई स्वीकृति नचाहि सडक प्रदर्शन गर्न निर्देशन
अध्यक्ष केपी शर्मा ओलीले पार्टी निकट युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रशासनले स्वीकृति नदिए पनि सडक प्रदर्शनमा उत्रन निर्देशन दिएका हुन्।
‘प्रशासनलाई जानकारी दिनुस्। लुकेर गर्नुपर्ने छैन। हामी यसरी गर्दैछौं, स्वीकृति दिनुहोस् भन्नुहोस्,’ ओलीले भने, ‘स्वीकृति दिनु हुन्न भने पनि सडकमा उत्रनुस्। संविधानभन्दा सिडिओको आदेश माथि हुँदैन।’