निर्वाचन आयोगले दलहरूलाई चुनाव छलफलका लागि बोलायो
काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आज साढे ११ बजे बोलाएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार दलहरूलाई निर्वाचन तयारीसम्बन्धी विषयमा छलफल गर्न बोलाइएको हो।
आयोग र दलबीच चुनाव तयारी, व्यवस्थापन र अन्य प्रासंगिक विषयमा छलफल हुने बताइएको छ। यसअघि आयोगले गत असोज ३० गते पनि राजनीतिक दलहरूसँग छलफल गरेको थियो।