भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष–उपाध्यक्ष प्रगतिशील राष्ट्रिय अभियानतर्फ
काठमाडौँ। तत्कालीन नेकपा माओवादी केन्द्र निकट ‘भोजपुर–काठमाडौँ सम्पर्क समन्वय समिति’का अध्यक्ष सञ्जय चाम्लिङ र उपाध्यक्ष क्षितिज राई प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएका छन्।
दुवैले आफूहरू समितिको जिम्मेवारीबाट अलग भई जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा सहभागी हुने घोषणा गरेका हुन्।
उपाध्यक्ष राईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत समितिको आधिकारिक लेटरहेड र स्टाम्प अर्का उपाध्यक्ष विक्रम लकन्ड्र्रीलाई हस्तान्तरण गरिएको जानकारीसमेत सार्वजनिक गरेका छन्।
भोजपुर अभियानका प्रमुख नेतामध्ये एक सुदन किरातीको गृहजिल्ला पनि भएकाले यो कदमलाई स्थानीयस्तरमा महत्त्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ।