धरानका प्रमुख हर्क साङपाङले दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरे
काठमाडौं — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले श्रम संस्कृति पार्टीको दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन्। आयोगले दल दर्ताका लागि सनाखत गर्न बोलाएपछि साङपाङ आइतबार बिहान आयोग पुगेका हुन्।
श्रम संस्कृति पार्टीका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूले पनि सनाखत प्रक्रिया सुरु गरिरहेका छन्। साधारण सदस्यहरूको सनाखत भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाएर गराइने निर्वाचन आयोगले जनाएको छ।
सदस्यहरूको सनाखत प्रक्रिया पूरा भएपछि दल दर्ताको अन्तिम चरण सुरु हुनेछ र आयोगको बैठक बसेर दल दर्ताको निर्णय गरिनेछ।
यसले श्रम संस्कृति पार्टीको राजनीतिक पहिचान पक्का गर्ने दिशामा थप कदम भएको छ।