कांग्रेस बैठकमा निर्वाचन मिति सार्न प्रस्ताव, वैशाखमा गर्न सुझाव
काठमाडौं — नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा निर्वाचन फागुन २१ बाट सार्नुपर्ने प्रस्ताव आएको छ।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पहाडी जिल्लाहरूमा फागुनमा निर्वाचन सम्भव नहुने भन्दै निर्वाचन वैशाख मसान्तमा सार्नुपर्ने धारणा राखेका हुन्।
‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकूल बनाउन सरकारले समय पाउनेछ।’
बैठकमा महामन्त्री गगन थापाले पेस गरेको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ।