जेनजी नेता मिरज ढुंगानाद्वारा नयाँ दल घोषणा हुने, भोलि पत्रकार सम्मेलन
काठमाडौं — जेनजी आन्दोलनपछि चर्चामा आएका युवा नेता मिरज ढुंगानाले नयाँ राजनीतिक दल घोषणा गर्ने भएका छन्। उनले भोलि (शनिबार) दिउँसो १ बजे काठमाडौंको एभरेस्ट होटलमा पत्रकार सम्मेलन गर्दै दल घोषणा गर्ने जानकारी गराएका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै ढुंगानाले पार्टी गठनका लागि वार्ता समिति गठन भइसकेको बताएका छन्।
उनका अनुसार नयाँ दल प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्ने जस्ता एजेन्डा लिएर अगाडि बढ्नेछ।
‘देश गम्भीर अवस्थामा छ, समाधान दलले खोजिसकेको छ,’ उनले भनेका छन्, ‘यही परिस्थितिमा हामी नयाँ दल खोल्नुपर्ने निष्कर्षमा पुगेका हौं।’