नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १३ कात्तिकमा बस्ने भएको छ । आज (शनिबार) बसेको चौथो दिनको बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री ऋषिकेश गौतमको निधनप्रति शोक व्यक्त गर्दै बैठक स्थगित गरेको हो ।
केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार कांग्रेसको पाँचौँ बैठक १३ कात्तिक दिउँसो १ बजेका लागि तोकिएको छ । शनिबारको बैठकले शोक प्रस्ताव पारित गरी आइतबारका लागि कार्यसूची स्थगित गरेको थियो ।