एमाले केन्द्रीय कमिटी बैठकमा ईश्वर पोखरेललाई बोल्न नदिँदा होहल्ला
काठमाडौं, असोज २९ –नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पदाधिकारी र सदस्यबीचको भूमिकालाई लिएर केहीबेर तनाबपूर्ण स्थिति सिर्जना भएको छ।
ललितपुरको भनिमण्डलस्थित रामबाग हलमा जारी बैठकमा उपाध्यक्ष ईश्वर पोखरेलले आफूलगायत पदाधिकारीलाई पनि बोल्न समय दिनुपर्ने माग गरे। तर महासचिव शंकर पोखरेलले बैठकमा केवल केन्द्रीय सदस्यहरूलाई मात्रै बोल्ने व्यवस्था गरिएको भन्दै पदाधिकारीहरूलाई बोल्न नदिने स्पष्ट पारेपछि हलमा बहस र होहल्ला सुरु भएको हो।
बैठकमा सहभागी केही केन्द्रीय सदस्यले पनि पदाधिकारीको अनुभव र विचार सुनिनु आवश्यक रहेको भन्दै ईश्वर पोखरेलको पक्षमा समर्थन जनाए। उनीहरूले एकतामै बल दिनुपर्ने बैठकमा यस्तो विभाजनले असहज वातावरण बनाउने चेतावनी पनि दिएका थिए।
हाल बैठक पुनः शान्तिपूर्वक सञ्चालनमा फर्किएको जनाइएको छ।