रास्वपाले सुरू गर्ने भयो वडा–पालिका अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोकिएको वडा र पालिका तहका समितिहरूको अधिवेशन सुरू गर्ने भएको छ। कात्तिक ९ र ११ गते बसेको पार्टी सचिवालयको बैठकले अधिवेशन सुरू गर्ने निर्णय गरेको हो।
रास्वपाले आगामी फागुन ७, ८, ९ गते चितवनमा पहिलो महाधिवेशन गर्दैछ। यद्यपि यो महाधिवेशन मिति भने हेरफेर हुनेछ। आगामी कात्तिक २१, २२, २३ गते बस्ने विस्तारित बैठकले यसबारे निर्णय लिनेछ।
तथापि अधिवेशन सुरू गर्ने निर्णय गरिएको महामन्त्री कविन्द्र बुर्र्लाकोटीले जानकारी दिए।