मुख्यमन्त्री सिंहलाई दिएको समर्थन लोसपाद्वारा फिर्ता
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले सोमबार एक विज्ञप्ति जारी गर्दै लोसपाले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएको हो ।
विज्ञप्तिमा उल्लेख छ, “नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दिएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।”