भ्रष्टाचार अभियोगमा जसपाका सांसद सरोज सिंह कुशवाहा निलम्बित
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा भ्रष्टाचार अभियोगमा निलम्बित भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले आजै विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि मधेश प्रदेशसभाबाट कुशवाहा स्वतः निलम्बनमा परेका हुन्।
अख्तियारले प्रदेशसभालाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ। त्यसपछि प्रदेशसभाले उनको सांसद पद निलम्बनमा परेको पुष्टि गरेको हो।
हाल उनीमाथि लागेको अभियोगको विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर आयोगका अनुसार उनीमाथि भ्रष्टाचार संलग्नताको ठोस प्रमाणका आधारमा मुद्दा दायर गरिएको हो।
यससँगै मधेश प्रदेशमा भ्रष्टाचार अभियोगमा पद निलम्बनमा परेका नेताहरूको सूचीमा कुशवाहा पनि थपिएका छन्।