राप्रपा अध्यक्ष लिङ्देनको स्पष्ट घोषणा: चुनावबाट भाग्ने छैनौं
काठमाडौं, असोज २९ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट भाग्ने नहुने स्पष्ट पारेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
लिङ्देनले अहिलेको निर्वाचन प्रणाली दीर्घकालिन समस्या समाधान गर्न असफल रहने भए पनि निर्वाचनमा सहभागी भएर तयार हुने बताएका छन्। उनले भने, “जेनजी आन्दोलनको समयमा हामीले संसद्ले निकास दिन नसकेको भन्दै संसद् विघटन र नयाँ निर्वाचनको माग गरेका थियौं। निर्वाचन प्रणाली सही नभए पनि निर्वाचन भइहाल्यो भने हामी भाग्दैनौं र तयारी गरेर जान्छौं।”
उनले दीर्घकालीन निकासका लागि चुनाव प्रणालीमा सुधार आवश्यक रहेको पनि औँल्याए।