एमालेको ११औं महाधिवेशन मंसिर २७–२९ मा पोखरामा हुने
काठमाडौं, असोज २९ –नेकपा (एमाले) को ११औं महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म पोखरामा हुने भएको छ।
ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन पोखरामा गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। बैठकमा सो प्रस्तावलाई सकारात्मक रुपमा लिइएको बताइएको छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनसहित संगठन सुदृढीकरण र राजनीतिक कार्यदिशा तय गर्ने तयारी छ। पोखरालाई पर्यटकीय र राजनीतिक हिसाबले उपयुक्त स्थल मान्दै एमालेले महाधिवेशन त्यहीं गर्न लागेको हो।