राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेसबाट पूर्णबहादुर खड्का र गगन थापा सहभागी हुने
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सरकार र राजनीतिक दलको बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी हुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा जानकारी गराएर उपसभापति थापा र महामन्त्री थापा राष्ट्रपतिले आयोजना गरेको बैठकमा सहभागी हुन गएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।
राष्ट्रपति पौडेलले अपराह्न ४ बजेका लागि सरकार र दलहरूको बैठक बोलाएका छन् । बैठक केही बेरमा सुरु हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।