खेलकुदमन्त्री चौधरीले पनि दिए राजीनामा
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।