सीके राउतले दिए प्रतिनिधि सदस्य पदबाट राजीनामा
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएका छन्।
सभामुखलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले देशमा जारी आन्दोलन र वर्तमान अवस्थालाई नौलो गणतन्त्रले मात्रै सम्बोधन गर्न सक्ने भन्दै सोको स्थापनाका लागि आफ्नो पद त्यागेको स्पष्ट पारेका छन्।
डा. राउतले विगतमा पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि पदको लालच नराखी जनतासँग उभिएको स्मरण गराएका छन्।
“ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म सँधै जनतासँगै उभिन्छु,” राजीनामा पत्रमा उनले भनेका छन्। उनको यो कदमलाई देशभर भइरहेको आन्दोलनसँग जोडेर हेरिएको छ।