गोकर्णेश्वर नगरपालिकामाविशाल योग शिविर तथा योग नगर घोषणा कार्यक्रम सफलता पूर्वक सम्पन्न
गोकर्णेश्वर, काठमाडौं – गोकर्णेश्वर नगरपालिका र प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्र।यो।स।० नेपाल बागमती प्रदेश को संयुक्त आयोजनामा शनिबार गोकर्णेश्वर स्पोर्ट्स सिटी हलमा विशाल योग शिविर तथा गोकर्णेश्वर नगरपालिका योगनगर घोषणा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वरलाई औपचारिक रूपमा “योगनगर” घोषणा गर्दै योग अभ्यासलाई नगरवासीको जीवनशैलीमा समाहित गर्न नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थसमिति सभापती सन्तोष चालिसे र उप–प्रमुख साननानी लामाले पनि योगको महत्वमाथि प्रकाश पार्दै गोकर्णेश्वरलाई स्वस्थ, सचेत र अनुशासित नगर बनाउने दिशामा यस्तो कार्यक्रमले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
शिविरमा हजारौ सहभागीले अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा योग आसन, प्राणायाम र ध्यान अभ्यासमा सहभागिता जनाएका थिए। सहभागीहरूले कार्यक्रमप्रति अत्यन्त उत्साह र कृतज्ञता व्यक्त गरेका थिए।
यो कार्यक्रमले गोकर्णेश्वर नगरपालिकालाई योगप्रति समर्पित नगरको रूपमा स्थापित गरेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने आयोजकहरूले जनाएका छन्।