विदेशी मुद्राको विनिमय दर आज कति होला...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर, यूरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको हो । त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८१ पैसा पुगेको छ।
यूरो एकको खरिद दर १ सय ४३ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ८२ पैसा रहेको हो। त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ८० पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ५६ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको हो।