विदेशी मुद्राको विनिमय दर आज यस्तो छ....
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
लगातार बढेको बेलायती पाउण्डको खरिद दर १ सय ७० रुपियाँ ९६ पैसा पुग्दा र बिक्री दर १ सय ७१ दशमलव ७३ रुपैयाँ पुगेको हो। राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर घट्दा बिक्रीदर भने सामान्य बढेको छ । खरिद दर स्थिर रहेको कतारी रियलको बिक्रीदर बढेको हो । मंगलबारका लागि यूरोको विनिमयदर घटेको छ ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ ३० पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ९० पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ शून्य पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १ सय ७० रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय ७१ रुपैयाँ ७३ पैसा पुगेको हो।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।