लुम्बिनी प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिंदै
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक सोमबार बिहान बस्ने भएको छ ।
सोही बैठक सोमबार बिहान ११ बजे बस्ने भएको हो । सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो ।