विदेशी मुद्राको विनिमय दर आज यस्तो छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार अमेरिकी डलर र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको हो । यूरो र बेलायती पाउण्डको विनिमयदर भने बढेको छ ।
अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ८४ पैसा पुगेको हो। त्यस्तै, यूरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ९५ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ५९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ४७ पैसा रहेको हो। त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।