भैरहवा सेजमा उद्योगी तान्न सकस : क्षमताको एक चौथाइ मात्र उद्योग स्थापना
भैरहवास्थित सेज स्थापना भएको वर्षौँ भए पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थापनाकालदेखि अहिलेसम्म राज्यले झन्डै ७५ करोड सेजमा खर्चे पनि उपर्युक्त नीति ल्याउन नसक्दा यहाँ उद्योगी आकर्षित हुन सकेका छैनन्। न त यहाँ भएको उद्योगले पूर्ण क्षमतामा आफ्नो उत्पादन गर्न सकेका छन् ।
सेजमा ५२ बिघा जग्गामा ६८ वटा प्लटमध्ये अहिले ७ वटा उद्योग मात्र सञ्चालनमा छन् भने ३ वटा निर्माणाधीन अवस्थामा छन् । २०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा २०७६ वाट शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगहरू त्यसपछि सुरु भएका हुन् । यहाँ अझै करिब ३० वटा उद्योग स्थापना हुने क्षमता राख्छन् ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले सेजमा अझै पनि उद्योगीहरू आकर्षण गर्न नसक्नुमा नीतिगत समस्या रहेको बताए ।
अर्कोतिर सेजमा सम्झौता गर्न उद्योग स्थापना गर्नको लागि ‘पर्ख र हेर’को अवस्थामा बसेकाले उद्योगी आकर्षित हुन नसकेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बताए ।