लुम्बिनीबाट नेकपाका तीन जनाको मनोनयन दर्ता
लुम्बिनी प्रदेशबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन जनाले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी उम्मेदवारी दर्ता गराएका छन् । बुधबार उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
अपाङ्गतातर्फ बाँके जिल्लाको बैजनाथ गाउँपालिका ५ निवासी सर्जन विकले उम्मेदवारी दिएका हुन । जसको प्रस्तावकमा प्रदेश सभा सदस्य दीपेन्द्र घर्ती र समर्थकमा प्रदेश सभा सदस्य दिलकुमारी बुढा छिन् ।
अन्य तर्फमा बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् । उनको प्रस्थापकमा लुम्बिनी प्रदेश सभा सदस्य यमबहादुर नेपाली, समर्थकमा अर्का प्रदेश सभा सदस्य मिना बुढा छिन् ।
महिलातर्फ दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छिन् । उनको प्रस्थापकमा प्रदेश सभा सदस्य इन्द्र जीत चौधरी र समर्थकमा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा रहेका साबिक माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।