प्रधानमन्त्रीलाई रास्वपाको सुझाव : चीनसँग नक्साको विषय जनताले थाहा पाउने गरी राख्नुस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले सातबुँदे लिखित सुझाव दिएका छन् । रास्वपा नेता डोलप्रसाद अर्यालले भने, ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो भनेका छौं ।’
नेपालले जेठ २०७७ मै कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको भए पनि चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको पुरानै नक्सा छ ।
दलहरुले आसन्न चीन भ्रमणमा यसलाई एजेन्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।