पहिरोका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा समेत पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
लगातार वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सहज नहुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।
उनले राजमार्गको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै, सडक सञ्चालनमा नआएसम्म यात्रुलाई वैकल्पिक व्यवस्था अपनाउन र अनावश्यक यात्रा नगर्न सुझाव दिइएको छ।