पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध
जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि बेनी–दरवाङ सडक अवरुद्ध भएको हो। त्यस्तै, सिरुवारी, खामभित्तालगायत स्थानमा पहिरो खस्दा बेनी–जोमसोम सडकसमेत अवरुद्ध भएको छ।
निरन्तर वर्षा भइरहेकाले अवरुद्ध सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। सडक विभाग र पूर्वाधार विकास कार्यालयले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास गरे पनि वर्षाका कारण समस्या भएको जनाइएको छ।