प्रदेश १ को नामाकरणको विषयलाई लियर नारा जुलुस
प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभामा बहस चलिरहँदा प्रदेशसभा भवन बाहिर भने पहिचान पक्षधरहरुले धर्ना तथा प्रदर्शन गरेका छन् ।
लिम्बूवान किरात सङ्घर्ष समितिले विराटनगरको प्रदेशसभा भवन अगाडिको देवकोटा चोकमा नारा जुलुस गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद !, कोशी प्रदेश मान्दैनौं लगायतका नारा लगाएका छन् ।
प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ ।
प्रदेश १ को नाम कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका थिए भने उक्त प्रस्तावको विष्क्षमा चार जनाले हात उठाएका थिए ।