तेह्रथुममा आगलागीबाट ७ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर
तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा शनिबार भीषण आगलागी भएको छ । दिउँसोबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो ।
आगलागीबाट हालसम्म ७ वटा घर जलेर नष्ट भएको छ भने हालसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन । विकट ठाउँ भएकाले दमकल लैजान समस्या भएको र झाडीजंगल धेरै रहेको हुँदा आगलागीबाट अझै बढी घरमा क्षति हुनसक्ने अनुमान गरिएको छ ।