यी हुन् प्रदेश १ मा एमाले र कांग्रेसबाट चुनिने २७ समानुपातिक सांसदहरू
प्रदेश १ मा निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक मत परिणाम आएसँगै समानुपातिक कोटाबाट को को सांसद बन्लान् भन्ने सर्वत्र चासो छ । ९३ जना प्रदेशसभा सदस्यमध्ये ५८ जना प्रत्यक्ष र ३७ जना समानुपातिक तर्फबाट छानिने कानुनी व्यवस्था छ । प्रत्यक्षका ५८ मध्ये नेकपा एमालेले २५, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ सिट जितेका छन् ।
समानुपातिकमा सबैभन्दा धेरै मत ल्याएको नेकपा एमालेले थप १५ सांसद सिट पाउने छ । एमालेले प्रदेश १ मा ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेको छ । काँग्रेसले ५ लाख ६२ हजार ९५६, माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, राप्रपाले पनि १ लाख ९८ हजार ५११, जसपाले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएको छ । जसअनुसार समानुपातिकको ३७ सिटमध्ये एमालेले १५, काँग्रेसले १२, नेकपा माओवादीले ४, राप्रपाले ४, जसपाले १ र नेकपा एसले १ सांसद पाउने छन् ।
कानुन अनुसार समानुपातिक उम्मेदवार छनौट गर्दा अनिवार्य महिलाको ३३ प्रतिशत पुर्याउनु पर्दछ । यस्तै प्रदेश १ मा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था छ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ ।