झापामा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि रोकियो मतदान
झापा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिका वडा नम्बर १४ स्थित बालसुबोधनी माविको मतदानस्थलमा चुनाव चिन्ह नभएको मतपत्र भेटिएपछि मतदान रोकिएको छ।
रूख र सूर्य चिन्ह नभएका मतपत्र भेटिएपछि मतदान रोकिएको हो।
१० जनाले मतदान गरिसकेपछि मतपत्र साटिएको थाहा भएको र मतदान रोकिएको बताइएको छ।
प्रतिनिधि सभाको मतपत्रको ठाउँमा प्रदेश सभाको मतपत्र राखिएपछि समस्या आएर मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
राजनीतिक दलले कर्मचारी परिवर्तन गर्नुपर्ने माग गरेका छन्।