इलोन मस्क को विश्वकै सर्वाधिक धनीको उपाधि एक महिनामै गुम्यो
विद्युतीय कार निर्माता टेस्लाका मालिक इलोन मस्कले विश्वकै सर्वाधिक धनी व्यक्तिको उपाधि गुमाएका छन्।
उनको मुख्य आम्दानीको स्रोत विद्युतीय कार निर्माता कम्पनीको शेयरमा गिरावट आएपछि उनले उक्त उपाधि गुमाएका हुन्। उनी ज्यानुअरीमा अमेजनका संस्थापक जेफ बेजोसलाई उछिन्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका थिए।
ज्यानुअरीको सुरुवातको तुलनामा टेस्लाको शेयरमा २० प्रतिशतले गिरावट आएको छ। यो साता उनीहरूले तीव्र गिरावटको सामना गर्नुपरेको छ।