बाढीको अवस्था बुझ्न गृहमन्त्री गुरुङ च्यासल पुगे
गृहमन्त्री सुधन गुरुङ बाढीको अवस्था अवलोकन गर्न नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको च्यासल क्षेत्र पुगेका छन्।
मनोहरा खोलामा पानीको बहाव बढेसँगै एमाले केन्द्रीय कार्यालय आसपासको क्षेत्रमा जोखिम बढेपछि गृहमन्त्री गुरुङ स्थलगत निरीक्षणका लागि च्यासल पुगेका हुन्।
त्यहाँ उनले बाढीको अवस्था, सम्भावित जोखिम तथा सुरक्षा र उद्धार व्यवस्थाबारे जानकारी लिएका छन्।
लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढिरहेको छ। जोखिमयुक्त क्षेत्रमा सुरक्षा निकायले निगरानी बढाउनुका साथै आवश्यक उद्धार तथा सुरक्षाका तयारी गरिरहेको जनाएको छ।