एसियाड क्रिकेटमा नेपालले अफगानिस्तानलाई हराउँदै विजयी सुरुवात
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आज भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने कप्तान रोहितकुमार पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले ९ रन बनाए।
बलिङतर्फ कुशल भुर्तेलले ४ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार जापानसँग खेल्नेछ।