नारायणीको बाढी गाउँ पसेपछि डुबान प्रभावितलाई सुरक्षित स्थानमा सारिँदै
बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढी नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ अमलटारी गाउँमा पसेपछि डुबान प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ।
शनिबार दिउँसो नदीमा आएको बाढी गाउँमा पसेपछि सुरक्षाकर्मीले प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेका हुन्।
बाढीका कारण गाउँका केही घर तथा आसपासका क्षेत्र डुबानमा परेका छन्। जोखिममा रहेका स्थानीयलाई सुरक्षाकर्मीले उद्धार गरी सुरक्षित स्थानमा पुर्याउने काम गरिरहेका छन्।