पूर्वाधारमन्त्रीसँग चिनियाँ राजदूतको भेटवार्ता
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटमा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण, कनेक्टिभिटीलगायतको विषयमा छलफल भएको हो । राजदूत माओमिङले चीनले नेपालको राहत, उद्धार तथा पुनर्निर्माणमा सहयोग पुर्याइरहेको बताए।