मेघराज पौडेल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित
अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्।
महासंघले कार्यकारिणी समिति सदस्य लिलेन्द्र प्रसाद प्रधानको सभापतित्वमा गठित यातायात तथा पारवहन समितिको उपसभापतिमा पौडेललाई मनोनयन गरेको हो।
महासंघका अनुसार यातायात तथा पारवहन क्षेत्रका चुनौती समाधान, व्यापार सहजीकरण तथा महासंघका कार्यक्रमलाई प्रभावकारी बनाउन पौडेलको अनुभव, ज्ञान र सक्रिय सहभागिताले योगदान पुग्ने अपेक्षा गरिएको छ।
पौडेल हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा अल्फा अटोमोटिभ प्रालिका निर्देशकका रूपमा अटोमोबाइल क्षेत्रमा सक्रिय छन्।
समितिले यातायात तथा पारवहन क्षेत्रसँग सम्बन्धित व्यवसायीका समस्या पहिचान, नीतिगत विषयमा सहजीकरण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने कार्यमा भूमिका निर्वाह गर्ने महासंघले जनाएको छ।