बहुदलीय जनवाद मा पार्टी निर्माण को विधि।
विगत का केही गन्थन मा एउटा गाउँले ठिटो ले बहुदलीय जनवाद भित्र नेतृत्व को चरित्र र संस्कृति को बारे सानो कुरा प्रष्ट्याएको थियो। नेताहरु आफूलाई भन्दा आम क्याडर लाई संरक्षण गर्छन्। राष्ट्रिय पूँजीपति हरुले आफ्नो बचत पुँजी आम जनता को आर्थिक न्याय कालागी प्रयोग गर्नेछन् भनी नेपाल मा कम्युनिष्ट पार्टी का नवीन विचारक मदन कुमार भण्डारी भन्नु हुन्थ्यो। यी कुरा आफूलाई वाँहा का स्वाउत्तराधिकारी घोषणा गर्ने नेता ले कसरी बुझेका छन् भन्ने कुरा त्यो गाउँले ठिटो लाई के थाहा र! आज भोलि विगत जस्तै आत्मिय नेता को नजदीक यो ठिटो छैन, ठिटो गाउँ मा बस्छ नेता हरु सरकारी खान्की मा सम्भ्रान्त हरु संग शहर तिर बस्छन् क्यार!
आजभोलि शहर तिरै बस्ने उन्नत जातका केही नेताहरुले अनि उनैका ठिमाहा छिंके स्वस्ती गानेहरु ले पार्टी पद्दति को बारे गाइने कुरा गरेको व्यहोरा कटुवाल बाट थाहा पाउँछ अनि त्यो गाउँले ठिटो लाई भाउन्न हुन्छ। भाऊन्न पनि किन नहोस् , त्यो ठिटो ले पनि कुनै जमाना मा अहिलेका छिंके भन्दा राम्रै संग बहुदलीय जनवाद बुझेको भन्ठाने को छ। त्यसकारण बहुदलीय जनवाद भित्र पार्टी पद्दति को कुरा चल्दा त्यो ठिटो खरो उत्रिन्छ अनि भन्छ - कम्युनिस्ट पार्टी पद्दति ले बहुदलीय जनवाद अपनाउने हो भने पार्टी नेतृत्व गतिशील हुनुपर्छ र कार्यकर्ता हरु गुट पोषित नभई विचार अनुशासित हुनुपर्छ । उच्च तह का नेता ले राजनैतिक निर्णय र कार्यनीतिक बहस गर्दा पार्टी को तल्लो तह देखिका कार्यकर्ता को भावना बुझ्नु पर्छ किनभने पार्टी सत्ता मा पुगेपछि उच्च तहका नेता ले आम मानिसका मुद्दाहरू बिर्सन्छन् , आम कार्यकर्ता ले आम मानिसको प्रतिनिधित्व गर्छन् र उनका कुरा उच्च तहका नेता ले बुझ्नु पर्छ भनी बहुदलीय जनवाद ले भन्छ। विधि र पद्दति अन्तर्गत एकै युगका नेताहरुको सानो झुण्ड सचिवालय वा जे सुकै नाम होस् उसले पार्टी को जीवन संग सम्बन्धित विषयका बारेमा छताछुल्ल विषय उठान गर्न पाइँदैन। आम कार्यकर्ता को भावना विपरित बारहमासे तरिका ले पार्टी भित्र को अन्त्यहीन बहस बहुदलीय जनवाद भित्र को पद्दति होइन। यस्ता बहस लम्ब्याई रहने हो भने पार्टी का एकै व्याचे नेता हरुले भन्न सक्नु पर्छ कि तिनीहरूलाई बहुदलीय जनवाद को चासो छैन। अनि त्यो गाउँले ठिटो जस्ता लाखौं क्याडर हरुले आफ्नो भविष्यका बारे पार्टी भित्र बहस गर्ने मौका पाउँथे।
बहुदलीय जनवाद कै जग मा चुनाव जितेका हरु स्थानिय देखि प्रदेश हुँदै केन्द्र सरकार मा विराजमान छन्। बहुदलीय जनबाद ले जनता मा केन्द्रित राज्य सत्ता सञ्चालन गर्नु पर्छ भन्ने कुरा त्यो गाउँले ठिटो ले बुझेको थियो। तर विधि र पद्धतिका नाम मा नागरिक स्वच्छन्दता को सट्टा नेता स्वच्छन्दता बहुदलीय जनवाद मा स्वीकार्य हुँदैन।
विश्वव्यापी राजनैतिक प्रणाली मा प्रगतिशील राजनैतिक चरित्र लाई प्रवर्दन गर्न खुल्ला संसद लाई प्रयोग गर्ने नीति बहुदलीय जनवाद हो। यद्यपि अन्य पार्टी भन्दा कम्युनिस्ट पार्टी का नेता को संस्कृति आम जनसंकृती संग एकाकार हुनु पर्छ भनी बहुदलीय जनवाद ले भन्छ। तर अहिले विधि र पद्दति को नाम मा एकै जुगे नेताहरुको सानो झुण्डलाई आफ्नो संस्कृति लाई आम जनसस्कृती संग एकाकार गर्ने जाँगर पटक्कै छैन अनि फेरि विधि र पद्दति को कुरा गर्छन्।
बहुदलीय जनवाद ले पार्टी सत्ता मा गएको बेला सत्ताधारी नेताहरु ले पार्टी कमिटी का कुरा हरु सुन्नु पर्छ भन्छ। तर अहिले त पार्टी सत्ता र राज्य सत्ता मा एकै छिमल का नेताहरु विराजमान छन्। पार्टी सत्ता भित्र संसद, मन्त्री परिषद र तीन बाट संचालित राज्यका सबै अंग हरु पर्छन्।
यी माथिका कुरा त्यो गाउँले ठिटो ले बहुदलीय जनवाद भित्र पार्टी पद्धतिका बारेमा बुझेका कुरा हुन्। अब पार्टी भित्र का एकै छिमले नेता हरुले कसरी बुझेका छन् भन्ने कुरो त्यो ठिटो लाई बुझिनसक्नु भाको छ। भाउन्न भाको छ।