बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।